१३,मङ्सिर । नायिका दिया मास्केले कलाकारको शरिर भनेको पब्लिक प्रोपर्टी भएकोले देखाउने परिस्थितिमा देखाउँदा कुनै फरक नपर्ने बताएकी छिन् । हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘धमलाको हमलामा’ पत्रकार ऋषि धमलाले नायिका दिया मास्केलाई पछिल्लो समयमा यूवाहरू किस सिन, बेड सिन जस्ता कुरामा किन लालायित छन् भन्ने प्रश्नमा दियाले भनिन्, ‘भल्गरभनेको के हो ? कट्टु फुकालेर हिड्यो भने भल्गर हुन्छ, जनताले भल्गर भन्दैनन्, कुनै चिज देखाउन जान्यो भने अर्थात त्यसलाई देखाउने चिजमा कलाको प्रयोग भयो भने भल्गर हुँदैन ।’उसो भए कथा बस्तुको आधारमा तपाई पनि देखाउन तयार हुनुहुन्छ ? भनेर धमलाले गरेको अर्को प्रश्नमा उनले भनिन्,‘देखाउने परिस्थितिमा देखाउनुपर्छ, हामी कलाकार हौँ, यो शरिर भनेकोजनताको सम्पति हो ।’शरिर देखाएर मात्र चलचित्र चल्छ छ त भनेर गरेको अर्को प्रश्नमा उनले भनिन्,‘शरिर देखाएर चलचित्र चल्दैन, म पनि किस सिन, बेड सिन दिएर चलेको कलाकार हैन, अभिनय गरेर आएको हुँ, बाटोमा बच्चालाई दुध खुवाउने कार्य भल्गर नहुने, प्रेम जोडीले किस गर्दाभल्गर हुने ? चाहिएको बेला देखाउनुपर्छ, लुकाउने बेलामा लुकाउनुपर्छ, हामी कुन सभ्यताका कुरा गर्छौ, मेरो चलचित्रमा कुनै किसिमको भल्गर छैन् ।’समाजलाई मनोरञ्जन र सन्देश दुबै दिनु छ तर तत्काल चल्नकै लागि अस्लिलकाम किन गर्नु हुन्छ भनेर गरेको प्रश्नमा मास्केको जवाफ थियो, ‘म कसैले गर्यो गरेन भन्दिन, छाडापन नराम्रो हो, मेरो एकमात्र भनाई के हो भने, किस सिन र बेडसिन दिनुलाई छाडा होईन, किस सिन समाजमा कसरी देखाउने भन्ने कुरा पहिलो कुरा हो ।’