पार्टिमा मात्तिदै के गरिन् मलाईकाले यस्तो ?

मनोरन्जन

२५,मंसिर ।बलिउडका प्रसिद्ध डिजाइनर मनीष मलहोत्राको ५१औँ जन्मदिनका अवसरमा उनका बेस्ट फ्रेन्ड करन जौहरले ग्य्रान्ड पार्टी दिए ।

malaika-arora-khan (फाईल तस्बीर )


यो पार्टीमा सलमानकी भाउजू मलाइका अरोडा पनि थिइन् । पार्टीमा अत्यन्त धेरै मदिरा सेवन गरेर मलाइका लडखडाउन थालिन् । उनी लडखडाउन थालेको थाहा पाएपछि पार्टीमा सहभागी अभिनेत्री सोनम कपुरले उनलाई सहयोग गर्न खोजिन् ।

सोनमले हात मात्र के बढाएकी थिइन्, मलाइका तत्कालै भड्किइन् । उनले सोनमलाई भनिन्, ‘मबाट टाढै बस । म आफूलाई सम्हाल्न सक्छु ।’ मलाइकाले यति भनेपछि सोनम त्यहाँबाट टाढा भागिन् । पार्टीमा थप ‘बबाल’ नहोस् भनेर पार्टीका  ‘होस्ट’ करन र मनीषले मलाइकालाई पर लगिहाले ।    

 

Post Comment