Exclusive :- नायिका रेखा थापा राजनीतिमा सकृय बन्दै , आज राप्रपा प्रवेश गर्दै

मनोरन्जन

२७,मङ्सिर । एकसमय माओबादी अध्यक्ष प्रचण्ड सग नाचेपछी रेखा नि कै चर्चित भइन । धेरैले आलोचना पनि गरे । त्यसपछी माओवादी मन पर्छ भन्दै आइरहेकी रेखा फेरि चुनावका बेला चर्चामा आइन् , कारण माओवादी बाट टिकट लिने तयारी ।

उसो त त्यस चुनावमा रेखाले टिकट पाइनन , मिडियामा पनि रेखा चुनाव लड्ने भन्ने समाचार र रेखाले टिकट पाइनन भन्ने समाचारले राम्रै स्थान पायो ।

पुराना कलाकारहरु बिस्तारै राजनीतिमा होमिने क्रम बढिरहेको छ ।
एक ताका कि चर्चित नायिका करिश्मा मानन्धर डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा क्रीयाशिल छिन् , कोमल ओलि राप्रपामा र यतिबेला रेखा थापा पनि सकृय राजनीतिको तयारी गरिरहेकि छन् ।उनी माओवादी बाट नभै नयाँ एकीकरणपछि चर्चामा रहेको राप्रपा पार्टीबाट राजनीति गर्दैछिन। जसका लागि आजै एक कार्यक्रमका विच रेखालाइ राप्रपा प्रवेश गराउने तयारी गरिएको छ । राप्रपाका अध्यक्ष कमल थापाको हात बाट टिका लगाउदै रेखा राप्रपा प्रवेश गर्दै छिन । सोमबार बसने राप्रपाको केन्द्रीय कार्यसमिति बैठक अघि नै रेखा लाई पार्टि प्रबेश गराउन लागिएको हो ।

बलिउडमा कलाकारहरु राजनीतिमा होमिएर सकृय रहि रहेका बेला कलिउडमा पनि यसरी कलाकारको राजनीति मोह देखिएको हो ।

Post Comment