‘बाहुबली २’मा यस्तो हुनेछ भिलेनको ‘लुक’।

मनोरन्जन

मंसिर २९। सन् २०१७ मा सर्वाधिक प्रतिक्षित बनेको ‘बाहुबली’ फिल्मको दोस्रो तथा अन्तिम भागमा खलनायक भल्लाल देवाको लुक सार्वननिक भएको छ।

यस फिल्मका निर्देशक एस एस राजामौली हुन्। फिल्मको अघिल्लो श्रृखंलामा ‘कटप्पाले कसलाई मार्यो?’ भन्ने प्रश्नमा टुङ्गिएको फिल्मको उत्तरका कारण पनि फिल्म दर्शकका लागि प्रतिक्षित बनेको छ।

सन् २०१५ मा रिलिज भएको फिल्मले सर्वकालिन सर्वाधिक कमाइ गर्ने भारतिय फिल्म बनेको थियो। फिल्ममा प्रबास, राना दागबत्ती, तमन्ना भाटिया तथा अनुष्का शेट्टी मुख्य भूमिका रहेको छ भने यो फिल्म आगामी वर्षको अप्रिल १४मा रिलिज हुनेछ।

check-out-rana-daggubatis-menacing-look-from-baahubali-2-1

Post Comment