७,पुस । नायिका तथा मोडल ममता शर्मा यति बेला बलिउडमा संघर्ष गरिरहेकी छन् । उसो त यस भन्दा अघि पनि थुप्रै नायक नायिकाहरुले बलिउडमा संघर्ष गरे तर मनिषा कोइराला बाहेक न त टेलिसिरियल सम्म अभिनय गरेकी उषा पौडेल नै स्थापित भइन न त चर्चामा रहेकै बेला मुम्बई हानिएका नायक निखिल उप्रेती नै स्थापित भए । यी उदाहरण मात्रै हुन् अरु थुप्रै कलाकारहरु जो बलिउड प्रबेशका लागि संघर्ष गरेर थाकिसकेछ्न ।
यहि बिचमा ममता बलिउडमा स्थान खोज्दै यति बेला नयाँ दिल्ली पुगेकी छन् । नेपालमा दुई फिल्म गोरे र नालायक सगै आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी ममताले हिन्दी भाषाको फिल्म ‘द पावर’ मा अभिनय गरिसकेकी छन् ।
बलिउडको सपना देखेर संघर्ष गरिरहेकी ममतालाइ लाई शुभकामना ।
ममता अभिनित पछिल्लो भिडियो :- [youtube https://www.youtube.com/watch?v=RmDL7m_e5as]