मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा बेलाबेला आफ्ना अभिव्यक्तिले चर्चा बटुल्ने गरेकी छिन् । पछिल्लो समय हलिउडमा व्यस्त उनी हलिउड फिल्म बेवाचको प्रतिक्षामा छिन् । प्रियंका अमेरिकी टिभी शो ‘क्वान्टिको २’ मा व्यस्त छिन् ।
बलिउडदेखि हलिउडसम्मको यो यात्रामा उनले आफू आजसम्म कसैसँग पनि डेटिङमा नगएको दाबी गरेकी छिन् । उनको दाबीमा कतिको सत्यता छ, उनैले जानुन् । तर, विगतमा अक्षय कुमार, शाहिद कपुर, शाहरुख खान र हरमन बावेजासँग उनको नाम जोडिएको थियो ।
उनी भन्छिन्, ‘हो, साथीको रुपमा पुरुषहरुसँग म संगत गर्छु । तर जबसम्म म विवाह गर्दिन त्यही दिनसम्म म सिंगल हुँ ।’