युवा लेखक तथा पत्रकार महेश नेपालको ‘आहा तिमी’ गित मार्फत लोकदोहोरीमा डेब्यु

मनोरन्जन

सुरुवातका दिन देखिनै मिठा-मिठा गित पस्किएर दर्शक श्रोताको मन जित्न सफल कम्पनी हो काव्य म्युजिक सेन्टर । यसै कम्पनी मार्फत छिट्टै बजारमा आउन लागेको अर्को ठट्यौली लोकदोहोरी गीत हो “आहा तिमी क्या सार्‍हो राम्री है”। अडियो तयारी भैसकेको यस गितको भिडियो समेत निर्माणको क्रममा छ ।

बिगत डेढ दशक देखि लोक संगितको क्षेत्रमा सकृय रहेका सर्जक रमेश श्रेष्ठको लय र युवा पत्रकार तथा लेखक महेश नेपालको शब्दमा तयार भएको यस गितमा प्रदीप राज सापकोटा,पबित्रा अधिकारी र सुजिता आचार्यको सुमधुर आवाज मिसिएको छ । यो गित सुजिता आचार्यको पहिलो प्रस्तुती हो । गितको सफलताको लागि हाम्रो पनि शुभकामना ।

Post Comment