काँठ क्षेत्रमा चिरपरिचित र एउटा लोकप्रिय नाम हो रमेश श्रेष्ठ । यतीबेला उनी लोक दोहोरीमा आफ्नो बर्चस्व जमाउँदै गरेका कलाकार हुन । उनका एकपछी अर्को गितले एकछत्र राज गर्न थालेकाछन पुर्वेली तथा काँठे गितको क्षेत्रमा । धादिङ्गको कल्लेरीमा जन्मेका उनि सुरुमा आफुलाई दोहोरी गाउन न आउने कुरा स्विकार्छन । कुनै एकजना साथीको बिहेमा रत्यौली हेर्न जाँदा आफ्ना साथीहरु संगै बसेर दोहोरी सुन्दै गर्दा आफ्नो साथी हरुले २० मिनेट जतीमै हारेको र त्यसको बदलामा जित्ने पक्षका मान्छेहरुले दुनामा दही हालेर हारेको उपलक्ष्यमा सगुन भन्दै खान दिएपछी आफ्नो मन धेरै दु:खेको र दोहोरीमा आफ्ना साथी हरुलाई जित्ने सङ्ग जितेर नै छाड्ने अठोट बोकेर घर फर्केँ भन्छन उनि । त्यसपछी सुत्दा सपनीमा समेत दोहोरी को सवाल जवाफ गरेको देख्न थाले र पछी यौटा जात्रामा उनिहरु लाई हराएर नै छाडेको रोचक कुरा उनि सुनाउँछन ।
त्यसरी सुरु भएको उनको साङ्गितिक यात्रा यती बेला सिङ्गो लोक दोहोरी पारखी हरुको मुटुको धड्कन बनेर साङ्गितिक दुनियामा मौलाउँदै छ । अहिले सम्म उनले पुर्बेली, पश्चिमे र काठे सबै प्रकारको गीत सिर्जना गरी सकेका छन । धेरै गीत हरुमा आफ्नो स्वर भरि सकेका उनि जहिले पनि अरु भन्दा फरक गर्नुपर्छ भन्छन र फरक गर्छन पनी । कलाकार ले राम्रो गीत सिर्जना गर्नुपर्छ कसैलाई ज्युज्यु गर्न पर्दैन श्रोताको मनमा बस्न को लागी भन्छन उनि ।
यो बर्ष बजारमा आएको गीतहरु ‘छुट्यो मायाँजाल’ र ‘बाध्यताले छुट्नु परेको’ गीत दुबै श्रोताको मनमा बस्न सफल भएकोमा उनि धेरै खुशी छु भन्छन । हालसालै बजारमा आएका गितहरु : आहा तिमी, परदेशीको पिडा र आउनै लागेका गितहरु : जोडी ढुकुर र जोर शङ्ख रहेका छन । आउन लागेको गित सबै सिर्जनाबाट आफु निकै आशाबादी रहेको पनि उनी बताउँछन । कर्म गर्नुपर्छ फलको आशा गर्नु हुँदैन । फल त आफैँ फलाएर खाने हो भन्ने धारणा राख्ने श्रेष्ठ्ले ‘बाध्यताले छुट्नु परेको’ गितबाट निर्देशनमा समेत हात हलेका छन ।
गीत लेख्नु,गाउनु, सङ्गीत भर्नु अनि निर्देशन गर्नु यती धेरै बिधामा कसरी आफु लाई न्याय गर्न सक्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनि भन्छन:- भित्र मनबाट चाहाना भयो भने हरेक कुरा गर्न सकिदो रहेछ मात्र मान्छे मा चाहाना हुन पर्छ । उनीबाट नेपाली गीत सङ्गीतले भोलीको दिनमा अझ मौलाउने अबसर पाओस हाम्रो तर्फबाट हार्दिक मंगलमय शुभकमाना ।
हेर्नुहोस भिडियो :
[youtube https://www.youtube.com/watch?v=MBpIDyuT3UE]