कमल सरगम
काठमाण्डौ
“तिमीलाई आफ्नो बनाउनको लागि हर बखत तिम्रै यादमा तड्पीरहे ।अब सधै भरि तिम्रै यादमा रुनु बाहेक केहि रहेन मेरो लागि ।तिमीलाई माया गरिन कि ?तिमीलाई साथ् दिन सकिनकि ?कि तिम्रो लायक थिइन ? किन तिम्रो बन्न सकिन सानु “। यस्तै शब्द भावमा अनुबन्धित सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक युबराज बास्तोलाको अर्को उत्कृष्ट लोकदोहोरी गीत “तिम्रो यादमा रुन”बजारमा आएको छ ।राजेन्द्र कंडेल ,युबराज बास्तोला र लक्ष्मी राना मगरको सुमधुर आवाज रहेको गीतमा लय युबराज बास्तोलाले भरेका थिए भने शब्द युबराज बास्तोला र कृष्ण बस्यालले लेखेका छन ।छोटो समयमा अत्याधिक दर्शकमनहरुको मुटुमा बसेको यस गीतको म्यूजिक भिडियो सुपारी म्यूजिक प्रालिको युटुब च्यानलमा सार्बजनिक गरीएको छ ।कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका छन ।चर्चित मोडल बिमल अधिकारी र रुपा कंडेलको जोडदार अभिनयमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने सुजन साहीले गरेका हुन् ।गीत निकै राम्रो बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads