महेश नेपाल, काठमाण्डौ । भनिन्छ सङ्गीत झरनाको कल कल बग्ने पानी हो । जुन प्यासीले भेट्दा धित मरुन्जेल पिउँंछ अनि सन्तुष्टिको स्वास फेर्छ । तर केहि समय भयो गीत सङ्गीतमा बिकृती र बिस्ङ्गती ले जरा गाडेको छ कुनै कुनै गीत सुन्दा सन्तुष्टी प्राप्त हुनु भन्दानि गीत सङ्गीत प्रतीनै बितृष्णा बढेर आउँछ । सङ्गीतको यस्तो अवस्था हुँदा हुँदै पनि यो छेत्रमा नयाँनयाँ प्रतिभा जन्मिने क्रम जारी छ । बिशेष गरी काँठ छेत्रको गीतलाई अत्यन्तै मायाँ गर्ने र काठ क्षेत्रको गीत सङ्गीत राम्रो र नराम्रो छुटाउन सक्ने खुबी भएको एक जना ब्यक्ती हुनुहुन्छ सुमन सापकोटा ।
अब उहाँ श्रोता मात्र नभएर काठ छेत्रको गीत सङ्गीतलाई अझ माथी उठाउन पर्छ भनेर यो छेत्रमा होमिनु भएको छ । काठे गीत को उर्भर भुमी काभ्रेको कुसा देभीमा जन्मनु भयको सुमनको बाल्यकाल त्यही बित्यो । बन पाखा मेलापात घास दाउरा गर्दा गर्दै लोक दोहोरी प्रती मोह जाग्न थालेको कुरा बताउनुहुन्छ उहाँ । समय सँधै कहाँ एक नासको हुन्छ र ? बन पाखा मेला पात गर्दागर्दै उहाँ आफ्नो सुन्दर भबिष्य खोज्न शहर पस्नु भयो । शहरबाट पनि उहालाई बाध्यताले खेदेर बिरानो मुलुक पुर्यायो । तर जहाँ रहे पनि जहाँ भएपनि उहाँको नेपाली मन कहिले फेरिएन । अनि उहाको मनबाट लोक दोहोरी कहिले हराएन । त्यो त झन झन भढेर गयो भन्नु हुन्छ उहाँ ।
सानै देखी गीत सङ्गीतमा लागेर केहि गर्छु भन्ने सोच भएपनि समयले साथ दिएको थिएन तर अहिले भने त्यो साथ आफैले जुटाएको छु अब सङ्गीत क्षेत्रमा निरन्तर लागि रहने छु भन्नु हुन्छ । अब केहि समय भित्रै उहाँको प्रस्तुती र शब्द संकलन रहेको गीत जोर शङ्ख रन्काउँदा काव्य आचार्य र किरन गौतमको स्वर अनि रमेश श्रेष्ठको सङ्गीतमा बजारमा आउन लागेको कुरा उहाँले युएस नेपाल न्युजलाई जानकारी दिनु भयो । काँठ क्षेत्रले यौटा नयाँ सर्जक पाएको छ । उहाँको साङ्गीतिक यात्रा ले सफ्लता प्राप्त गर्न सकोस हाम्रो तर्फबाट शुभकामना छ ।