काठमाण्डौं । नेपाली रजतपटमा नयाँ अनुहार आगमनको क्रम बढ्दो छ । थुप्रै अनुहारहरु यहाँ स्थापित बन्न क्रियाशिल छन् भने प्रबेश गर्न आतुर पनि त्यत्तिकै मात्रामा छन् । यहि भिडमा एक सुन्दर मोडल रजतपटमा डेब्यु गर्दैछिन् उनि हुन्:- शोभा भण्डारी । मोडलिमा स्थापित भएकि यि सुन्दर नव नायिका सानैदेखि कला क्षेत्रमा रुचि भएको बताउँछिन् ।काठमाण्डौं गंगबुकी शोभा चलचित्र ‘ब्वायफ्रेण्ड’मार्फत अभिनेत्रीका रुपमा डेब्यु गर्दैछिन् । छोटो समयमा आफुलाई स्थापित गराएकि उनि हालसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । उनि आफ्नो पहिलो चलचित्र बाट सफलता पाउनेमा आशावादी छिन् ।
आधुनिक एवं दोहोरीको म्युजिक भिडियोमा बढी व्यस्त हुने गरेकी रहेकि शोभा अभिनित चलचित्र ‘ब्वायफ्रेण्ड’को भर्खरै छायांकन सकिएको छ । जहाँ उनी चञ्चले युवतीको भूमिकामा छिन् ।