कमल सरगम
काठमाण्डौ ।
आफ्नो भन्ने तिमी आज धेरै टाढा छौ ।एक्लै छु तिम्रो यादमा यी सुनसान गाउमा ।तिमित त्यो बिरानो सहरमा आफ्नो सपनालाइ साकार बनाउदै छौ एता मेरो जवानी सकिदै गएको छ कहिले आउछौ पियारा ? तिम्रै प्रखाईमा छु हर पल ।
यस्तै शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायिका मुना थापा मगर र प्रतिभाशाली गायक बुद्धिमान घिसिङ को लोकदोहोरी गीत “निष्ठुरी मायालु”बजारमा आएको छ ।बुद्धिमान घिसिङको प्रस्तुतिको रुपमा बजारमा आएको गीतमा लय शब्द पनि बुद्धिमान घिसिङकै रहेको छ । प्रबासमा बस्दै आएका घिसिङ नेपाल आउदा केहिन केहि सृजना छाडेर पुन प्रबास जाने गर्दछन ।यो पटक पनि निकै मिठो लोकदोहोरी गीत बजारमा ल्याएर आएका छन ।गीतमा अभिनय बुद्धिमान घिसिङ ,गीता राइ र ठाकुर घिसिङको रहेको छ ।प्रेम थापाको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार गीतको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन् ।गीतलाइ विन्ध्यवासिनी म्यूजिकको अर्को च्यानल “जय गीत जय संगीत”मार्फत सार्बजनिक गरिएको छ ।गीतको सम्पूर्ण टिमलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।