कोलोराडोमा प्रणय दिवसको अवसरमा संस्कृतीक कार्यक्रम सम्पन्न – फोटो फिचर

मनोरन्जन

कोलोराडो, अमेरीका । प्रणय दिबसको पूर्व संध्यामा कोलोराडो स्थित नेपाली समुदायले सनीबार सांझ एक कार्यक्रम गरी एक आपसमा माया तथा प्यार साटासाट गरेका छन् ।

लङमन्ट स्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा एक संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा माया तथा प्यार साटासाट गर्दै प्रणय दिवस मनाएका हुन् ।

एभरेष्ट रेष्टुरेन्टका संचालक प्रेमकाजी श्रेष्ठ तथा लक्ष्मी श्रेष्ठको आतिथ्यमा सम्पन्न कार्यक्रममा डेड दर्जन भन्दा बढि जोडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित जोडीहरुले आङ्खनो जिवन संगी तथा जिवन संगिनीहरुलाई गुलाफको फुल, गीत, नाच तथा मन्तब्य मार्फत मनकाको भावना पस्कदै जिवन भरि साथ र सहगोग गर्ने बाचा गरेका थिए ।

कार्यक्रम सनीबार सांझ ७ बजे देखि राती ११ बजेसम्म संचालन भएको थियो । अन्तमा हेप्पी भ्यालेन्टायन डे लेखिएको केक काटेर कार्यक्रम सम्मन्न गरिएको थियो ।


Post Comment