[youtube https://www.youtube.com/watch?v=5wxm8PEx4bE]
महेश नेपाल, काठ्माण्डौ । नेपाली मौलिक संस्कृती जोगाउन मरिमेटेर लागेका एक हस्ती हुन नवराज जंग थापा ‘जंगे’ । आफ्नै सब्द संगित र स्वरमा ६० वटा भन्दा बढि गीत गाईसकेका उनले उमेरमा ६ दशक पार गरिसकेका छ्न ।
६० बर्षको उमेर देखि सांगितिक क्षेत्रमा लागेका उनको पहिलो एल्बम ‘६० बर्षे तन्नेरी’ हो । उनी गायनमा २०-२५ बर्षे तन्नेरी भन्दा कम लाग्दैनन । जोश जाँगर उत्तिकै भएका उनी बच्चा देखी बुढा पाका सम्म सबैलाई मेल खाने गित बनाउन सक्ने एउटा अब्बल खुबी भएका ब्यक्ती हुन । जंगेले देश भक्तिले ओत्प्रोत गित समेत उत्तिकै मात्रामा गाएका छन ।
पछिलो समय बजारमा आएको उनको एल्बम ‘ताल्छी खोले दाई’ले दर्शक श्रोताको अत्यन्तै मन जित्न सफल भएको छ । पार्वती कार्की ले स्वरमा साथ दिएको यश गितमा जंगे स्वयंको शब्द संगित र निर्देशन रहेको छ ।