महेश नेपाल, काठ्माण्डौ । दाङ स्वर्गद्वारी म्युजिक प्रा. लि. को प्रस्तुति रहेको बिगत केही समय अगाडीदेखी बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका खेमराज फुयाँल को गित ‘परदेशीको पिडा’ यतिबेला साँगितिक बजारमा छ।
हालसालै भिडियो समेत बनाईएको यस गितमा चर्चित लय सर्जक तथा गायक रमेश श्रेष्ठको मीठो लय र फुयाँल आफैँको मनछुने शब्द रहेको छ । गितमा चर्चित गायक पुस्कल शर्मा र पबित्रा अधिकारीले सुमधुर आवाज भरेका छन।
चर्चित एरेन्जर गौरव गिरिको एरेन्जले गित निकै कर्णप्रीय बनेको छ भने यस गितले राम्रो चर्चा बटुल्न थालेको पाईएको छ । गितको म्युजिक भिडियोमा पबित्रा र सन्देशले निकै राम्रो अभिनय गरेका छन ।
हेर्नुहोस भिडियो: