राजेन्द्र जीएम
काठमाण्डौ ।
माया लगाएपछि जीवन्त तिनै मायालु संग जिउने मर्ने कसम खाइएको हुन्छ कुनै बेला त्यहि मायालुले छाडेर गएपछि रुदा रुदै हास्न सिक्या हुन्छ हो त्यहि पिडित मायालुको सम्झना यसरी गरिदै छ सृजनाबाट ।नेपाली सांगीतिक क्षेत्रका पछिल्लो पुस्ताका अब्बल सर्जक तथा संचारकर्मी कमल सरगमको उत्कृष्ट लय तथा शब्द सृजनामा देवी घर्ति ,लक्ष्मी मगर र दिपक सुनुवारको सुमधुर आवाजमा लोकदोहोरी गीत “हास्न सिक्या छु”गीत बजारमा आएको छ ।विन्ध्यवासिनी म्यूजिक प्राली मार्फत बजारमा आएको यस गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम र अस्मिता श्रेष्ठले गरेका छन ।गीतलाई निर्देशन भने कपिल लामाले गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार गीतको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।गीत निकै उत्कृष्ट बनेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।