गायिका टिका तारामी मगर सांगीतिक यात्रामा प्रबेस “पहिलो सृजनालेनै लाखौको मन जित्यो

गायिका टिका तारामी मगर  सांगीतिक यात्रामा प्रबेस “पहिलो सृजनालेनै लाखौको मन जित्यो
मनोरन्जन

कमल सरगम
काठमाण्डौ
नेपाली सांगीतिक क्षेत्रमा नया नया अनुहारहरु थपिदै गरेको पाइन्छ ।कति टिकाउ हुन्छन भने अधिकंश कलाकार पलाएन भएको देखिन्छ ।पैसाले बनेका केहि कलाकारहरु सिमित आवाज र पैसा भईन्जेल बजारमा देखिन्छन भने आवाज राम्रो भएका गायक गायिकाले भने निरन्तरता पाइएको पाइन्छ हो यस्तै मिठो आवाजको साथमा आएकी छिन प्रतिभासाली गायिका टिका तारामी मगर ।आसिश म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित सर्जक कुशल बिश्वकर्मा र नव गायिका टिका तारामी मगरको आवाज र प्रस्तुतिमा लोकदोहोरी गीत “गुन्द्रुक सिन्किलाई पकाउनु पर्दैन”बजारमा आएको छ ।कुशल बिश्वकर्माको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल शंकर बिसी र अर्की चर्चित मोडल पार्वती राइले गरेका छन् भने निर्देशन पनि शंकर बिसीलेनै गरेका हुन् ।राजेश घिमिरेको छायांकनमा तयार गीतको म्यूजिक भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन् ।कृष्ण फ्लिम्सले निर्माण गरेको म्यूजिक भिडियो छोटो समयमा धेरै दर्शकले रुचाउन थालिसकेका छन ।गीत निकै मौलिक र उत्कृष्ट रहेको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Post Comment