रमेश श्रेष्ठ, काठ्माण्डौ । गायक राजेन्द्र पाठकको जन्म पिता सानोबाबु पाठक र माता चिनीमाया पाठकको कोखबाट २०३७ सालमा नुवाकोटको सुन्दरादेबिमा भएको हो। राजेन्द्र पाठक नेपाली लोक साँगितिक आकाशमा एक परिचित नाम हो ।
सानै उमेर देखि लोक संगितमा औधि रुची राख्ने र गुनगुनाउन पाठक माहिर थिए । पाठकको साँगितिक यात्राको शुरुवात २०७२ सालमा ‘सानु तिमि बिना’ गितबाट भएको थियो । बिशेषत काँठ क्षेत्रको गित रुचाउने पाठक एक मिलनसार गायकको रुपमा धेरैको मन मुटुमा छन। पहिलो गितबाटै धेरै दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायक पाठकको स्वर मिठो रहेको धेरै श्रोताको भनाइ छ ।
सुमधुर स्वर भएका उनी जस्तो गितलाइ पनि छन्द मिलाएर गाउन सक्छन । गायक पाठकले धेरैको साथ सहयोग अनि माया बटुलेर हालसम्म ‘सानु तिमी बिना’, ‘किन गर्छेउ ढिला’, ‘परदेशीकौ ब्यथा’, ‘हाँसो हजारमा’,’नुवाकोट रोधि घरैमा’, ‘सानुले नगर्नु केही पिर’, ‘केही साल पर्ख न’, ‘काठमाण्डौ सहर’, ‘बडा दशैमा’, चट्ट जिउडाल छ लगायत धेरै गित गाईसकेका उनका अन्य मिठा गितहरु पनी बजारमा आउने क्रममा छन । साँगितिक जीवन उज्वल बनोस हाम्रो शुभकामना ।