उद्धब घिमिरेको ‘मरेपछीको सम्मान’को निकै मार्मीक भिडियो बजारमा

उद्धब घिमिरेको ‘मरेपछीको सम्मान’को निकै मार्मीक भिडियो बजारमा
मनोरन्जन

[youtube https://www.youtube.com/watch?v=plH96JmWFkk]
रमेश श्रेष्ठ, काठ्माण्डौ । चर्चित कलाकार उद्धब घिमिरेको निकै आशा लाग्दो गित मरे पछिको सम्मानको भिडियो रिलिज भएको छ । उद्धब घिमिरे र संगिता भुजेलको आवाज र आशिष म्युजिकको प्रस्तुती रहेको यस गितमा एउटा कलाकार आफ्नो देशको कला र संस्कृती जोगाउँनको लागी अहोरात्र खटीरहन्छ । न कहिले भोक भन्छ न कहिले तिर्खा भन्छ न कहिले म थाके भन्छ । अभाबले थिचेर थिल थिलो पार्छ तर पनि मुस्काउँछ ।

गायक उद्धब घिमिरे

आफ्नो कला भन्छ आफ्नो सस्कृती भन्छ नत आफ्नो परिबारको फाटेको नाना देख्छ नत आफ्नो घरको चुहिने छाना देख्छ । देख्छ त केवल आफ्नो मन भित्रको अन्तर आत्माले मात्र आफ्नो कला कला सस्कृती भन्दा भन्दै आफ्नो सब थोक सकिएको पत्तै पाउदैन । किन कि उस्ले सबै थोक गुमाउदा पनि यौटा कुरा पाको हुन्छ त्यो हो दर्सक र श्रोताको माया भनेर प्रष्टाइएको छ ।

एउटा कलाकार लाई त्यो भन्दा ठुलो उपहार र सम्मान अरु केहि हुँदैन । बाहिर बाट हेर्दा सबै को हाइ हाई भएको यौटा कलकार भित्र भित्र आफैमा जलेर खरानी बन्दै जान बाध्य हुन्छ । किन कि माया ले मात्र पेट भरिदैन कोठाको भाडा तिरिदैन । आफु पुग्न पर्ने गन्तब्यमा पुगीदैन अनि रोग लाग्दा उपचार पनि हुँदैन । यो सबै नहुँदा यौटा कलाकारको जिवन अत्यन्तै दर्दनाक हुन्छ । जस्को कारण मनसिक रुपमा समेत कम्जोर बन्न पुग्छ र जिवनभरि गरेको दु:ख लाई पुर्पुरोमा हात राखेर सम्झिदै मृत्यु कुर्नु भन्दा अर्को बिकल्प हुँदैन ।

हो उस्ले जिउदो छउन्जेल न त कसैको साथ पाउछ नत कसैको साहारा । तर बिडम्बनाको कुरा जब उस्ले आफ्नो प्राण त्याग गर्छ तेस्पछी तँछाड र मछाड हुन्छ सम्मानको लागी । लाखौ फुल का गुच्छा हरुले सिगारिन्छ अनि श्रदाञ्जली अर्पन गरिन्छ । त्यो श्रोता र दर्सक को त अधिकार भित्र पर्छ किन कि आफ्नो प्रिय कलाकार गुमाउदाको पिडा हुन्छ । तर लाजै पचेका, कलाकार जिउदो छउन्जेल सम्मान गर्न नजान्नेहरु राष्ट्रको झन्डा बोकेर पुग्छन ओडाउन को लागी । त्यतीबेला प्रकृती ले पनि गिजाइ राखेको भान हुन्छ । किनकी जिउदो छउन्जेल एकपल्ट सम्म्मान गरिनस, जब आफ्नो देह त्याग गर्‍यो अनि झण्डा ओडाउन आइस भनेर । हो हाम्रो कला क्षेत्रको यो बास्तबिक रुप हो । यतीबेला यही बास्तबिक रुप लाई चित्रन गरेर यौटा गीत बजार मा आएको छ मरेपछीको सम्मान ।

काठे लोक दोहोरी गितको उर्भर भुमी दोलखा मा जन्मीएका गायक उद्दव घिमिरेले यो क्षेत्रमा एक दशक पार गरी सकेका छन । यो अवधीमा ८० ओटा को हाराहारीमा गीत गाई सक्नु भएको छ भने त्यो भन्दा धेरै सिर्जना पनि गरी सक्नु भएको छ । कसैलाई जिउ जिउ गर्न नजान्ने गायक उद्दव घिमिरे सँधै उत्कृष्ट सिर्जना गर्न तल्लिन भैराख्नु भएको छ । उनले गाएका गीत चरी भँगेरी, काठमाण्डौ सुन्धारा, काले ठिटो, साँच्चै हो साँच्चै हो, मै चाहिएला है काली, हाँसोको एक पात्र, छैन ओठमा हाँसो, बिल्कुल फरक मायाँ, दशैँ खर्च, यसपालि को दशैमा गाउमा जाने हो हुँदै पछिल्लो समय मा धेरै राम्रा गीत सङ्गीत यो क्षेत्रलाई दिईरहेका  छन । उनै कलाकार यती बेला भने यथार्थ परक गीत मरेपछीको सम्मान लिएर आएका छन ।

Post Comment