[youtube https://www.youtube.com/watch?v=STWUyUcoe78]
महेश नेपाल, काठ्माण्डौ । सुन्दर जिल्ला नुवाकोटमा २०५१ सालमा जन्मिएकी गायिका हुन लक्ष्मी सिर्माली । सानै देखि गित सुन्न धेरै मनपराउने उनलाई अरुको गित बज्दा लाग्थ्यो मेरोनी गित यसरी बज्ने दिन कहिले आउला ? अनि एफएममा कुनै कलाकार सङग कुराकानी भएको सुन्दा लाग्थ्यो म नि यसरी अन्तवार्ता दिन पाएनी हुने ।
यसरी मनभरी सङ्गगित पेशामा लाग्ने रहर थियो उनमा । उनी एफएममा फोन गर्थीन, गाउँथिन, कलाकार हरुको फोन नम्वर मागेर कल गर्थीन । यसै गरि धेरै गायक सङ्ग परिचय भयो । सहयोग गर्छु भन्ने पनि भेटिए त स्वार्थ भावना बोकेर धेरै गाएक हरुबाट नराम्रा कुराहरु आए । त्यसपछी उनलाई लाग्यो यो पेशा म जस्ताको लागि हैन रहेछ । उनले हार खाईन अनि यो पेसामा नलाग्ने निधो गरीन ।

एफएममा फोन गर्ने क्रममा चिनेको एकजना प्रस्तोता शिबराम भण्डारीले संघर्ष गर्न छोड्नु हुन्न भन्ने पाठ सिकाइ दिएपछी उनी लागीन आफ्नो सपना पूरा गर्न । त्यसपछी उनले आफ्नै लगानिमा गित गर्ने सोच बनाइन र पहिलो गित निकालिन । दोश्रो पटक अर्कैको गित गाउने मौका मिल्यो । जुन गित ‘गाउँको याद’ थियो । जसमा उनै लक्ष्मीको स्वर सङ्ग शब्द पनि थियो । उनले अर्को गितमा पनि शब्द लेखिन गित थियो केबल श्रेष्ठको गित ‘माया लाएसी’ । त्यस्तै दिनेश श्रेष्ठको गित ‘नमस्ते नुवाकोट’ र ‘मुटुको साथी थ्यौ’ मा पनि उनैले शब्द लेखिन ।
त्यस्तै अर्को नयाँ गित उनैको स्वरमा रहेको ‘कति बयान गर्ने’ जुन छिट्टै बजारमा आउने तयारिमा छ । त्यस्तै गरी संसार घाती छ भर्खरै बजारमा आएको छ यसमा उनैको लय रहेको छ । अब छिटै नै २/३ वटा गित आउने तयारिमा समेत रहेका छन । उनी आफ्नो आमा र दाजु राजेन्द्रलाई कहिले भुल्दिनन । उनी प्रेरणाको श्रोत आमा र दाजुलाई मान्छीन । उनको साँगितिक यात्रा सँधै सफल बनोस हाम्रो तर्फबाट शुभकामना ।