कोलोराडो सहित अमेरिकाका विभिन्न शहरहरुमा ‘दर्पण छायाँ २’ प्रदर्शन हुँदै

कोलोराडो सहित अमेरिकाका विभिन्न शहरहरुमा ‘दर्पण छायाँ २’ प्रदर्शन हुँदै
मनोरन्जन

मार्चको दोस्रो साता नेपालबाट प्रदर्शन शुरु गरिएको नेपाली चलचित्र ‘दर्पण छायाँ २’ अमेरिका बिभिन्न शहर हरुमा प्रदर्शन हुने भएको छ ।

‘दर्पण छायाँ’ को सिक्वेल को रुपमा प्रचार पाएको भएता पनि चलचित्रका निर्देशका तुलसी घिमिरेले ‘दर्पण छायाँ २’ पनि दर्पण छायाँ जस्तै सांगीतिक प्रेम कथा भएकाले नाम ‘दर्पण छायाँ २’ राखिएको बताँउछन ।

नेपालमा ‘दर्पण छायाँ २’ को सफल प्रदर्शन भइरहदै गर्दा उक्त चलचित्रका निर्मातहरु रबि कार्की र सावु गदाल कार्की ‘दर्पण छायाँ २’ लाई अमेरिका बिभिन्न शहरहरुमा प्रदर्शन गर्न जुटेका छन। केहि शहरहरुमा निर्मातहरु र कोशेली इभेन्ट अमेरिकाको सहकार्य गरेर प्रदर्शन हुने भएको छ।

निर्माताद्वय कोलोराडो निवासी भएकाले कोलोराडोमा ‘दर्पण छायाँ २’ बिशेष कार्यक्रम सहित चलचित्र प्रदर्शन गर्न लागिएको जानकारी निर्माताले यूएस नेपाल न्युज लाई दि़ए।

निम्न शहर र गते मा  प्रदर्शन हुदै छ भने केहि शहर हरुमा प्रदर्शन को दिन पक्का हुदै गरेको जानकारी प्राप्त भएको छ।

April 8 – Manchester, New Hampshire

April 9 – Boston, Massachusetts

April 30th –  Westminster, Colorado

Post Comment