[youtube https://www.youtube.com/watch?v=s94YN3gX6aY]
महेश नेपाल / काठ्माण्डौ । सुन्दर जिल्ला चितवनको माडिमा जन्मिएकी गायिका हुन भुमिका शाह । भुमिका फाउण्डेशन मार्फत बालबच्चा र महिलाको क्षेत्रमा काम गर्दै समाज सेवामा समेत सकृय उनी सानै देखि निकै मीठो गित गाउँथिन । विद्यालयमा हुने साँस्कृतिक कार्यक्रम हरुमा गित गाउँदा प्राय उनी प्रथम हुन्थिन ।

बि.सं २०५० सालमा उनको गाउँ माडिमा एउटा साँस्कृतिक कार्यक्रम भएको थियो । त्यो बेलामा उनले पहिलो पटक गाउने मौका पाईन । सबैले गित राम्रो गाएकोमा तारीफ गरे र केही कलाकारहरुले त संगै जाउँ र हिँड काठ्माण्डौ सम्म पनी भने । तर ८ कक्षा पढ्दै गरेकी उनले एसएलसी नसकी जान्न भनिन र एसएलसी पछी मात्र काठ्माण्डौ आईन ।

बि.सं २०५७ सालमा उनको शब्दमा एउटा गित निक्लियो त्यो गित थियो जाल बुनेर । त्यो गित निकै राम्रो संग चल्यो । लोक दोहोरी बिदामा रेडियो नेपाल बाट उनले २०६५ सालमा जब स्वर परीक्षा पास गरीन । त्यसपछी आफ्नै पहिलो एल्बम निकालीन ‘हेरी रमाईलो’ । त्यो गितले निकै चर्चा पायो ।
[youtube https://www.youtube.com/watch?v=yHYDwZZA0E4]
त्यसपछी उनले क्रमश: पठाउनेछु पत्र लेखेर, जोवनको धनी, ढल्केर नाँच्न मन लाग्यो लगायत आठ वटा गित निकालीन । साथै अरुको गितमा त धेरै गितमा उनले आवाज भरिन नै । उनको पछिल्लो गित हो नव गायक सागर घिमिरेको एल्बम ‘बुढी कन्या बसौली ।’उनको लोक दोहोरीको अलावा पप गीत, आधुनीक गित लगायत विभिन्न राष्ट्रीय गित हरु छिटै आउने तयारीमा रहेको पनी उनले कुराकानीको क्रममा बताईन ।

कलाकारले चल्छ भन्ने आधारमा जस्तो पनि गित निकाली दिने र पत्रकार दर्शक श्रोताले पनि बाहिर देखावटी बिरोध गरेपनी त्यस्तै गितलाई प्रोत्साहन दिने गर्नाले लोक गित बिग्रीदै गएकोमा उनी चिन्तित छिन । समाजमा अपाच्य शब्द भएका र त्यस्ता भिडियो वाला गितलाई रोक्न सबै मिलेर लाग्नुपर्नेमा उनी जोड दिन्छीन ।