अनलाईन रोधीघरमा गाउँदा गाउँदै लोक दोहोरी गायिका बनेकी ईन्दिरा गिरी (भिडियो)

अनलाईन रोधीघरमा गाउँदा गाउँदै लोक दोहोरी गायिका बनेकी ईन्दिरा गिरी (भिडियो)
मनोरन्जन

काठमाण्डौ । हुन त अनलाइन रोधीहरु धेरै जस्तो आज खोलिन्छन अनि फेरि भोलि हराउँछन । सायद खोल्न लाई पैसा तिर्न पनि नपर्ने र बन्द गर्न कुनै प्रकृया पुराउन नपर्ने भएर पनि होला । तर केही रोधीहरुले  भने साँचिकै राम्रो काम गरि राखेका छन। भोलिको लागि नेपालि सङ्गीतिक क्षेत्रको धरोहरहरु जन्माइराखेका छन । राम्रा कला र गला भएका कलाकारहरु जन्माइ राखेका छन । यस्तै अनलाइन रोधीमा गाउँदा गाउँदै नेपाली साङ्गीतिक क्षेत्रमा आशा लाग्दो गरि उदाएकी प्रतिभा हुन इन्दिरा गिरी ।
[youtube https://www.youtube.com/watch?v=10fWLAAqIKA]

सिन्धुपाल्चोकको केउरनीमा बुबा कृष्ण गिरि र आमा तिल कुमारी गिरिको कोखबाट जन्म लिएकी इन्दिरा सानैबाट गीत सङ्गीतमा अति रुचि राख्थिन  । बिस्तारै ठूलो भएसी उनी अनलाइन रोधीहरुमा गाउन थालिन । गाउदै गर्दा धेरै ले उनको स्वर राम्रो भएको र साङ्गीतिक क्षेत्रमा लाग्दा भबिष्य राम्रो हुने कुरा गर्थे । यसै क्रममा कलाकार दिनेश श्रेष्ठ सङ्ग उनको भेट हुन पुग्यो ।  र उहाँले नै इन्दिरालाई आफ्नो गीत मुटुको साथीमा गाउने अबसर दिनु भयो । त्यो गीत राम्रो भएपछी अर्को राष्ट्रीय गीतमा पनि स्वर भर्ने अबसर दिनु भयो । यसरी अघी बढेको उनको साङ्गीतिक यात्रा यति बेला नमस्ते नुवाकोट  सम्म आइ पुगेको छ ।

ईन्दिरा गिरी

बिदेशिनु रहर हैन बाध्यता हो भन्ने नारा बोकेर आएको नमस्ते नुवाकोट मा इन्दिरा लाई स्वरमा दिनेश श्रेष्ठ्ले र कबिन रोकाले साथ दिएका छन भने सङ्गीत पनी दिनेश श्रेष्ठले नै गरेका छ्न । अनि शब्द अति मीठो शब्द कोर्न सक्ने प्रतिभा लक्ष्मी सिर्मालीले सिर्जना गर्नु भएको छ ।हाम्रो तर्फ बाट अझ धेरै प्रगती गर्दै जाउन गयिका इन्दिरा लाई यहि छ शुभ कामना ।

Post Comment