बहुचर्चित गायिका गितादेबी संगको रोमान्टीक कुराकानी पढ्नुहोस

बहुचर्चित गायिका गितादेबी संगको रोमान्टीक कुराकानी पढ्नुहोस
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । एक दशकपछी गायनमा फर्कीएकी गायिका गितादेबिलाई अचेल गित गाउन धेरै नै अफर आउँछन । कोईलीझैँ मिठो आवाजकी धनी गितादेबिको अभाब खड्किएको महसुस दर्शक श्रोताले बिगत लामो समय देखी गरिरहेका थिए । यति लामो समय पछी पनि उत्तिकै मायाँ, साथ र हौसाला दिएकोमा खुसी हुँदै गितादेबीले युएस नेपाल संगको कुराकानीमा हर्षको आँसु झारीन । आफू स्वयं पनि गित संगित बाट टाडा बस्नुपर्दा निकै दु:खी भएको उनी बताउँछिन।

पारिवारीक समस्याको कारण साँगितिक क्षेत्रबाट टाडा बसेकी बताउने गायिका गितादेबी बिगत ६ महिना अगाडिदेखी पुन: गायनमा फर्कीएकी छिन । करिब २ हजार भन्दा बढी गितमा आवाज भरीसकेकी उनले पछिल्लो समय पनि निकै गितमा आवाज भरीसकेकी छिन । सबैले मायाँ गर्नुहुन्छ, उहाँहरुको गित गाउन मलाई नै अफर गर्नुहुन्छ, निकै खुसी लाग्छ । मैले सकेको प्रयास सँधै गर्ने छु उनी भन्छीन ।

बिहानै उठ्नु, मन्त्र पढ्दै ध्यान गर्नु, भजन गाउनु, दिउँसो गित संगित रेकर्ड र केही ब्यक्तिगत काम गर्नु र बेलुकी पनि खाना खाईसकेपछी फेरि भजन गाउनु उनको दैनिकी हो । सानै उमेर देखि, बोलिफुटेदेखी नै निकै गित गाउन रुचाउने उनीले रेकर्ड गरेको पहिलो गित ‘जाउँ साईली पोखरा’ हो भने उनको आफ्नै नाममा निक्लेको गित भने ‘बिदेशै बस्ने हे माईती राजै’ हो । मोरङको मधुमल्लामा जन्मिएकी गायिका गितादेबीले आम मानिसले जस्तै निकै ठक्कर, हन्डर र धोकाको अनुभव गरेकी छिन ।

जिवनमा हरेक किसिमका गितहरु गाएँ कतिपय गितहरु मेरो आफ्नै जिवनमा समेत मिल्न पुगे उनी भन्छीन । अब साँगितिक क्षेत्रबाट   पछी नहट्ने र यसैलाई निरन्तरता दिने उनी बताउँछिन । मेरो पहिचान बनेको गित संगितबाट नै हो । मलाई लाखौँ श्रोता,दर्शकको माया छ, साथ छ म कसरी टाडा हुन सक्छुर यो क्षेत्रबाट उनी उल्टो प्रतिप्रश्न गर्छिन ।

दर्शक श्रोताको मायाँले निकै खुसी गितादेबी फ्यान हरुको अनौठो बानिले आफुलाई कहिलेकाहिँ निकै हाँसो उठ्ने र कहिलेकहीँ निकै दुखी समेत बनाउने गरेको बताउँछिन । उनी भन्छिन:- ”कतिले त तपाईं बिना बाँच्न सक्दिन, तपाईं संग बिहे गर्छु, बिहे गर्न पाईन भने मर्छु समेत भन्छन । आफू भन्दा निकै कम उमेरका र छोरा भन्न सुहाउने उमेरकाले त्यसो भन्दा हाँसो लाग्छ । ” उनले हालसालै एउटा गित समेत रेकर्ड गरेकी छिन । पुर्वेली लयमा तयार भएको उक्त गित मारुनी भाकामा आधारित भएको उनले बताईन ।

‘नानी बनी बसिदिउँकी तिम्रो त्यो आँखैमा-गुराँस बनी फुलीदिउँकी मनको पाखैमा’ गितको बोल हो । यो गित भिडियो सहित छिटै बजारमा आउने तयारीमा रहेको उनले बताएकी छिन । बहु चर्चित गित ‘भन्नू नभाको’ गितबाट चर्चाको शिखर चुमेकी गितादेबीलाई त्यसपछी भने कहिले पछाडी फर्केर हेर्नुपरेको छैन । गायिका गितादेबिको साँगितिक जिवन सँधै सुनौलो बनोस हाम्रो पनि हार्दीक शुभकामना ।

Post Comment