[youtube https://www.youtube.com/watch?v=bmyy2zH7Uhw]
सिन्धुपाल्चोकको पिपलडाँडामा जन्मिएका उदयमान युवा प्रतिभा हुन नवीन भण्डारी । हाल बैदेशिक रोजगारिको शिलशिलामा मलेशियामा भएपनी लोक दोहोरीको क्षेत्रमा उनले गरेको योगदान निकै प्रशंसनिय छ । लोक दोहोरिको क्षेत्रमा लागेर आफ्नै लगानीमा ६ महिना भित्रमा तीन वटा गित निकाल्नु चानचुने कुरो हैन त्यो पनि नव सर्जकले ।
मीठो शब्द लेख्न, गाउन र संगित भर्न सिपालु सर्जक भण्डारीको सुरुको एल्बम हो ‘डाँडैमा लर्के बर’ । यस गित दर्शक श्रोताबाट राम्रो प्रतिकृया पाएपछी उनी हौसिय र हालसालै अर्को नौलो गित उनले बजारमा पठाएका छन । गित हो ‘नवलपुर जाने पुल’ । स्थानिय पर्यटन प्रबर्दन पनि हुने र लोक दोहोरिको क्षेत्रमा पनि योगदान हुने हेतुले गित बजारमा पठाएका उनको गित अहिले चौतर्फी चर्चाको केन्द्रमा छ।
बहुचर्चीत गायिका गितादेबी, प्रकाश पुरी र उनै नवीन भण्डारीले मिठो आवाज भरेको यस गितमा लोकप्रीय लेखक महेश नेपालको शब्द छ भने संगित गितादेबी र नवीन भण्डारीको रहेको छ । काव्य म्युजिक सेन्टरबाट बजारमा आएको यस गित लगत्तै भण्डारीले ”गौराती भिमसेनथान” बजारमा पठाउने तयारिमा छन ।
बियोगान्त कथामा तयार भएको यस गित नवीन भण्डारी, महेश नेपाल र गितादेबिको आवाजले सजिएको छ भने नवीन भण्डारीको मनै छुने लय/शब्द रहेको छ ।