[youtube https://www.youtube.com/watch?v=rqTByJZU0VM]
रमेश श्रेष्ठ, काठ्माण्डौ । नेपाली सङ्गीतको क्षेत्रमा यतिबेला बिकृतीले जरा गाडेको छ । कति कलाकारहरु सिकेर खारिएर आउनु भएको छ भने कति कलाकारहरु हावाको तालमा पैसाको दम्भ बोकेर आउनु भएको छ । कतिपय त अझ आफ्नो आफन्तको माध्यमबाट पनि आउनु भएको छ। जो जहाँ बाट जसरी आएपनि नेपाली सङ्गीत क्षेत्रले धेरै कलाकार हरु जन्माउन सफल भएको छ ।
यसै क्रममा यतिबेला नेपाली साङ्गितिक बजारमा एक जना प्रतिभ ले सफलताको शिखर चुम्दै हुनुहुन्छ । काभ्रेको बनेपामा बाबा प्रताप तामाङ्ग र आमा कान्छी तामाङ्गको कोख बाट जन्म लिएर यतिबेला मोडलिङ्गको क्षेत्रमा सफलता को सिखर चुम्दै गरेको प्रतिभा हुन राज तामाङ्ग । नृत्य र अभिनय दुबै बिधामा अब्बल राजले अहिले सम्म करिब ३ दर्जनको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरि सक्नु भएको छ भने केही शर्ट मुभीहरुमा पनि आफ्नो प्रतिभा देखाइ सक्नुभयको छ ।
बैँस्जालु मनको कुरो बोलको गीतबाट आफ्नो अभिनय यात्रा सुरु गर्नु हुने राज फुल फुल्छ हुन्छ हुन्न नढाटी भन्देउ हुँदै यतिबेला तिमी जस्तो पापिनी मलाइ चाहिदैन सम्म आइपुग्दा निकै परिपक्को भैसक्नु भयको छ भने दर्सकको मन भित्र पनी बस्न सफल हुनु भएको छ । जब सम्म म रहन्छु तब सम्म कला र सस्कृतीको जगेर्ना गर्न लागि रहने छु भन्ने राज भर्खरै गठित राष्ट्रीय कलाकर्मी हातेमालो संघ नेपालको सचिब समेत हुनुहुन्छ ।
उहाँको कलायात्राले अझै उचाइ चुम्न सफल बनोस हाम्रो तर्फबाट यहि छ शुभकामना ।