सन्नीको एक झलक पाउन सडकमा हजारौँ मान्छे झुम्मिए

सन्नीको एक झलक पाउन सडकमा हजारौँ मान्छे झुम्मिए
मनोरन्जन

पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ ।

सन्नी हालै एउटा ब्रान्डको प्रचारका लागि केरलाको कोच्ची सहर पुगिन् । त्यहाँ उनलाई हेर्न यति धेरै मान्छेहरू जम्मा भए कि सन्नी आफैँ चकित परिन् ।

सन्नीको एक झलक पाउन सडकमा हजारौँ मान्छे झुम्मिएका थिए । भिड यति अनियन्त्रित भयो कि पुलिसले लाठीचार्ज नै गर्नुपरेको छ ।

आफूलाई हेर्न हजारौँ दर्शक सडकमा ओर्लिएकोमा सन्नीले खुसी व्यक्त गरिन् । उनले इन्स्टाग्राममा एउटा भिडियो अपलोड गरेकी छिन् । उनको भिडियोको क्याप्सनमा– कुनै शब्द छैन ।

‘कोच्चीका दर्शकप्रति धन्यवाद व्यक्त गर्छु । यति धेरै माया र साथका लागि बहुत खुसी छु’, पोस्ट गरेकी छिन् । सन्नीको हालै सञ्जय दत्तको ‘भूमि’ फिल्मको ट्रिपी ट्रिपी बोलको आइटम गीत रिलिज भएको छ । त्यो गीत दर्शकले मन पराइरहेका छन् ।

Post Comment