ऋषि धमलाकी पत्नी नायिका बन्दै

ऋषि धमलाकी पत्नी नायिका बन्दै
मनोरन्जन

चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले चलचित्र निर्माण गर्ने भएकी छिन् । आफु नायिकाको रुपमा रहने उक्त चलचित्रको नाम भने सार्वजनिक भइसकेको छैन् । एलिजाले निर्माण गर्ने लागेको चलचित्रको निर्देशक, नायक र संगीतकारको नाम भने सार्वजनिक गरेकी छिन् ।

चलचित्र ‘म यस्तो गीत गाउछु’मा सहायक निर्देशकको रुपमा रहेका सत्यराज चौलागाईलाई एलिजाले निर्देशकिय पाटो दिएकी छिन् । त्यस्तै चलचित्रमा नायकको रुपमा मोडल समेत रहेका दीपक घिमिरे तय भएका छन् भने संगीतको पाटो गायक सुगम पोखरेलले समाल्ने छन् । एक अन्तवार्तामा ऋषि धमलाले आफ्नो पत्नीलाई नायिका बनाउन लागीपरेको बताएका थिए । यतिबेला चलचित्र प्रि–प्रोडक्सनको काम भइरहेको स्रोतले जनाएको छ । नाम तय नभएको चलचित्रको छायाँकन भने दशै–तिहारकोबीचबाट हुने बताइएको छ । एलिजा दुई सन्तानकी आमा हुन् ।

त्यस्तै उनी केही बर्षया क्यानाडामा बसोबास गर्दै आइरहेकी छिन् । क्याडानाबाट फर्किए पछि चलचित्रमा निर्माणमा लागेकी एलिजाको चलचित्रको बजेट एक करोड पुग्ने बताइएको छ ।

Post Comment