सुजता नेपाल आइडलबाट आउट , बुद्ध पहिलो पटक डराए

सुजता नेपाल आइडलबाट आउट , बुद्ध पहिलो पटक डराए
मनोरन्जन

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको टप–५ बाट सुजाता पाण्डे बाहिरिएकी छिन् । शुक्रबार भएको एलिमिनेसन राउण्डबाट बुटवलकी पाण्डे भोटको आधारमा आउट भएसँगै उनको नेपाल आइडलको यात्रा समाप्त भएको हो ।

सुजाता नेपाल आइडलको टप ५ मा एक मात्र महिला प्रतिस्पर्धी थिईन । टप-५ को एलिमिनेसन राउन्डमा सुजातासँगै बुद्ध लामा र प्रताप दास बटम थ्री मा परेका थिए । तर, तीन जनामा पनि कम भोटको आधारमा सुजाता आउट भएकी हुन् भने बुद्ध र प्रताप सुरक्षित बनेका छन् ।

सुजातालाई बाबाकी प्यारी छोरीको रुपमा पनि चिनिने गरेको थियो । बुद्ध लामा पहिलो पटक बटम थ्री मा परेका हुन् । प्रताप चौथो पटक डेन्जर जोनमा परेका हुन् ।

नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले प्रतिस्पर्धी रहेका छन् । अब यी चार प्रतियोगीमध्ये एक जना अर्काे हप्ता आउट हुनेछन् भने तीन प्रतिस्पर्धीमध्ये एकजना प्रथम नेपाल आइडल हुनेछन् ।

Post Comment