नेपाल आइडलको फाइनल दोहामा

नेपाल आइडलको फाइनल दोहामा
मनोरन्जन

चर्चित टेलिभिजन कार्यक्रम नेपाल आइडलको फाइनल कतारको दोहामा हुने भएको छ ।

एपी वान टेलिभिजनमा प्रशारण भैरहेको गायन शो नेपाल आइडलले फाइनल भने कतारमा सुट गर्ने भएको हो । नेपाल आइडलका प्रोड्युसर फिरोज तिमल्सिनाका ८२ जनाको टोली सहित नेपालबाट कतार गएर फाइनल कार्यक्रमको सुटिङ हुनेछ ।

त्यसका लागि टप १२ कन्टेसटेन्ट समेत कतार पुग्नेछन् । फाइनल आउँदो असोज ६ गते हुँदैछ ।

Post Comment