नेपाल आइडलबाट बाहिरिएका सागरले भने:- सबैको साथ र माया पाउन आए त्यसमा सफल भए

नेपाल आइडलबाट बाहिरिएका सागरले भने:- सबैको साथ र माया पाउन आए त्यसमा सफल भए
मनोरन्जन

नेपाल आइडलको उत्कृष्ट चारबाट बाहिरिएका सागर आलेले आफू दर्शकको मायामा पहिलो भएको बताएका छन् । आफ्नो फेसबुक पेजमा शनिबार बिहान आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिँदै सागरले आफू नेपाल आइडलमा सबैको साथ र माया पाउनका लागि आएको र त्यसमा सफल भएको बताएका हुन् ।

सबैको मायाले आफूलाई थप बलियो बनाएको उनले उल्लेख गरेका छन् । सागरले आफ्ना फ्यानलाई दुःखी नहुन आग्रह गरेका छन् । आफूलाई साथ दिने सबैप्रति आफू ऋणी रहेको उनले बताएका छन् । यस्तै उनले आफूलाई साथ दिएकोमा बुवा आमाप्रति पनि आभार प्रकट गरेका छन् ।

सागर शुक्रबार बेलुका भएको नेपाल आइडलको एलिमिनेसन राउण्डमा दर्शकको मतको आधारमा उत्कृष्ट चारबाट बाहिरिएका थिए । निशान भट्टराई, बुद्ध लामा र प्रताप दास उत्कृष्ट तीनमा पुगेका छन् ।

Post Comment