छोटो समयमा अत्यधिक रुचाईएको दशैँ गित (हेर्नुहोस भिडियो)

छोटो समयमा अत्यधिक रुचाईएको दशैँ गित (हेर्नुहोस भिडियो)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । छोटो समयमा अत्यधिक रुचाइएको दशैं गित यतिबेला बजारमा छ । बिशेष गरि काठ्माण्डौ र आसपासका जिल्लामा रुचाईने लयमा तयार भएको गित ‘मेरी प्यारी रहरले परदेश पस्या हैन’ ले अत्यधिक श्रोताको माया पाएको छ । जुन गित आफ्नी प्यारीलाई देशमा छाडेर आफु परदेश पस्न बाध्य लाखौँ परदेशीको यथार्थ घटनामा आधारीत भएर बनाईएको छ ।

[youtube https://www.youtube.com/watch?v=LCZQ9MKIj1c]

गित सुन्दै गर्दा र भिडियो हेर्दै गर्दा आनायासै आँसु चुहिने यो गितको शब्द युवा लेखक महेश नेपालले लेखेका हुन भनेदेखी लय रमेश श्रेष्ठले बनाएका हुन । चर्चित गायिका गितादेबी, प्रकाश पुरी र कुमार गिरिको सुमधुर आवाजमा सजिएको यस गितमा चर्चित नायिका रञ्जिता गुरुङ र बाबुराम बोहोराले जिवन्त अभिनय गरेका छन । गित प्रतिभा म्युजिक प्रा.ली. मार्फत बजारमा छ ।

Post Comment