नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा अभिनय गरेकी छन् ।
एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द/संगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।
राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन् ।
फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनावमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन् ।
पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका घामजस्तो चम्किलो जुन हुदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा छन् ।
सार्वजनिक नसोध कसैले’ बोलको गीतले बाबु-बाजेको पुस्तालाई याद दिलाउँछ ।
आफ्ना बाबु-बाजेले नुन लिन बटौली (अहिलेको बुटवल) जाने गरेको तर आफु भने मायालाई लिन जाने सोच बनाएको भाव गीतले बोकेको छ ।