“ऐश्वर्य”को ट्रेलर रिलिज,रमेशको अंगालोमा केकी (हेर्नुस् ट्रेलर)

“ऐश्वर्य”को ट्रेलर रिलिज,रमेशको अंगालोमा केकी (हेर्नुस् ट्रेलर)
मनोरन्जन

 नायक रमेश उप्रेतीकोे प्रस्तुतिमा रहेको फिल्म ऐश्वर्यको ट्रेलर रिलिज गरिएको छ ।

सार्वजनिक ट्रेलरमा पहिलोपटक खलनायकको भुमिकामा  प्रशान्त ताम्राकार देखिएका छन् ।

नायिका दिपिका प्रसाईलाई सुपर मोडलको रुपमा देखाईएको छ । सुपर मोडललाई पाउन नायक रमेश उप्रेती र खलनायक प्रशान्त ताम्राकारको बिच गहिरो द्वन्द्व देखाईएको छ । साथै ट्रेलरमा  नायिका केकि अधिकारी, चर्चित फोटोग्राफर राजभाई सुवाल पनि ट्रेलरमा देखाईएको छ । साथै लब, रोमान्स, बिछोड र एक्सन ट्रेलरमा प्रमुखता साथ देखाउन खोजिएको छ ।

अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेकोे फिल्मको कार्यकारी निर्माता  निर्मल शर्मा  हुन् ।

[youtube https://www.youtube.com/watch?v=Zx36Glr_5uY]

 दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको  फिल्ममा हिमाल केसीको द्वन्द्व, सुदिप बरालको छायांकन रहेको छ ।

चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन, सुनिता ठाकुर, बिकास खतिवडा र अमृत पोखरेल लगायतकोे अभिनय रहेको छ ।

 ऐश्वर्य कार्तिक ९ गते छठपर्वका दिन देशभर प्रदर्शनमा आउदै छ ।

Post Comment