महेश नेपाल, काठ्माण्डौ । ‘डाँडैमा लर्केबर’ बाट साँगितिक क्षेत्रमा होमिएर नवलपुर जाने पुलबाट साँगितिक क्षेत्रमा आफ्नो छुट्टै नाम बनाउन सफल सिन्धुपाल्चोके ठिटो नबिन भण्डारीको दशैँ गित यतिबेला बजारमा छ । परदेशमा फसेको छोराको वास्तविक कहानी गितमा समेटिएको छ । गितको बोल रहेको छ ‘आमा फसेँ म त परदेशी शहरमा’ ।
उनै प्रतिभावान गायक नबिन भण्डारी र चर्चित गायिका गितादेबिको सुमधुर आवाजमा सजिएको यश गितमा गितादेबिको लय नवीन भण्डारीको शब्द रहेको छ भने काव्य म्युजिक सेन्टरले यसलाई बजारिकरण गरेको छ । घरको ऋण र गरिबिको कारण समाज र आफन्तले हेपेको कारण परदेशिएको छोरो लामो समय सम्म नफर्केपछी आँखामा टिलपिल आँशु पार्न बिबस आमा र बन्धनमा परेको परदेछोरोको कारुणिक चीत्कार गितमा छ । ‘सिन्धु गाँउबेसी अनलाईन रोधी घर’को प्रातुतिमा बजारमा आएको यो गित यस्तो छ ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=IMANiuiLYx0]