नेपाल आइडल बुद्ध लामाले जितेपछि निशानले फेसबुकमा यस्तो लेखे

नेपाल आइडल बुद्ध लामाले जितेपछि निशानले फेसबुकमा यस्तो लेखे
मनोरन्जन

नेपाल आइडलमा आफु टप-३ सम्म पुगेका निशान अन्तत: नेपाल आइडल हुन बाट चुकेका छन् | अनलाइन र एसएमएस को माद्यमबाट ३ करोड ५० लाख ८६ हजार २ सय २३ पाएका निशान नेपाल आइडलको दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ | त्यसो त उनी फस्ट रनरअप भए संगै १५ लाख रुपैयाँ रकम समेत प्राप्त गरेका छन् |

उनी नेपाल आइडलमा दोस्रो स्थान ओगटे संगै पहिलो हुने बुद्ध लामालाई बधाई दिदै आफ्नो फेसबुकमा यस्तो स्टाटस राखेका छन् |

“बुद्ध लामालाई पहिलो नेपाल आइडल भएकोमा बधाइ दिन चाहन्छु । र, मलाई नेपाल आइडलका विभिन्न चरणहरुमा भोट दिइ यो स्थानमा आइपुग्न मदत गर्नु हुने मम्पूर्ण भोटर, मेरा फ्यान, सुभेक्षुक, साथीभाईहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि सांगीतिक क्षेत्रमा मेरो पाइला अगाडि बढी रहने छ । तपाईहरुको यस्तै स्नेह र मायाको अपेक्षा गरेको छु । नेपाल आइडलले मलाई यो स्थानसम्म पुग्न मद्दत गरेको छ जसमा तपाईकहरुको साथ, सहयोग र सद्भाव रहेको छ ।
फेरि पनि मलाई निकै माया गर्नुहुने स्वदेश र विदेशमा रहने मेरा शुभचिन्तक, फ्यान, मलाइ भोट हाल्नु हुने आदरणीय व्यक्ति, साथीभाइहरुमा दशैंको शुभकामना दिन चाहन्छु ।
धन्यवाद”

Post Comment