नेपाल आइडलका टप ३ अष्ट्रेलिया जाँदै

नेपाल आइडलका टप ३ अष्ट्रेलिया जाँदै
मनोरन्जन

नेपालको सर्वाधिक लोकप्रिय रियालीटी शो नेपाल आइडलका मूख्य प्रतिस्पर्धी बुद्ध लामा, निशान भट्टराई र प्रताप दास नेपाली टच अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियामा यही आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म म्यूजीकल टुरका साथ गाउने तयारीमा छन् ।

कार्यक्रम सिड्नीको ओलम्पीक पार्क, लुना पार्क तथा आइसीसी सिडनीमध्ये कुनै एकमा रहने कार्यक्रमका संयोजक नेपाली टचका दिपेश पुन र गोस्वामीले जानकारी गराए ।यस्तै नेपाल आइडलका प्रमुख तीन विजेताहरुको सिड्नी ,ब्रिसबेन र मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ , डार्बिन र क्यानबेरामा समेत कार्यक्रम आयोजना हुनेछ।

Post Comment