महेश नेपाल, काठ्माण्डौ । सोमबार बाट जिउँदो लास गित बजारमा आएको छ। कामको शिलशिलामा खाडी पुगेर काम गर्दागर्दै दुर्घटनामा परेर उपचार समेत पाउन नसकेको छोरो र आफ्नो प्राण भन्दा प्यारो छोराको पर्खाईमा बिरामी परेर पानी तताएर दिने मान्छे सम्म नभएर पिरले तुलसिको मोठ सम्म सार्नुपरेको आमाको कारुणिक कथालाई जस्ताको तस्तै टपक्क टिपेर गितमा उनेका छन गितमा गायक राजेन्द्र भण्डारीले ।
हाल कतारमा रहेका हिमाल खड्काको लय र प्रस्तुतिको रुपमा बजारमा आएको यस गितमा मापसे गित बाट चर्चाको उचाईमा आएका गायक राजेन्द्र भण्डारी र बहुचर्चित गायिका गितादेबिको सुमधुर आवाज रहेको छ । जिउँदो लास बोलको यस गितमा गायक भण्डारी र गायिका गितादेबीले नै जिवन्त अभिनय गरेका छन ।
गित हेर्दा हेर्दै आँसु झरेको पत्तो समेत नपाईने रहेछ भनेर दर्शक हरुले प्रतिकृया दिएको गित निर्माण युनिटले हामिलाई बतायो । आशीष म्युजिकको उत्पादनमा रहेको यस गितको भिडियोको निर्देशान खमेस श्रेष्ठले गरेका हुन भने छायाँकन सागर गौतमले गरेका हुन ।
हेर्नुहोस भिडियो :
[youtube https://www.youtube.com/watch?v=F-cAxYLqzyA]