महेश नेपाल, काठ्माण्डौ । एक फरक कोशेली सांगितिक बजारमा आएको छ । त्यो हो लोकदोहोरी गित धादीङ नौबिसे । मिठो शब्द लेखेर आफ्नो छुट्टै नाम बनाउन सफल भैसकेका गितकार प्रभात सुबेदीको प्रस्तुतिको रुपमा यो गित बजारमा आएको हो ।
आधुनिक गीति लेखनबाट आफ्नो छुट्टै पहिचान बनाईसकेका सुबेदीले यस पटक लोक दोहोरी गित लिएर आएका हुन । उनी एक पुस्तक ब्यवसायी पनि हुन । दिप सागर थापा र मुना थापाले स्वरबद्ध गरेको यस गितमा दिप सागर थापाको लय रहेको छ भने डोल राजको एरेन्ज रहेको छ । निकै मेहनत गरेर बनाईएको यस गितको भिडियोको करण चैसिरले छायाँकन गरेका हुन भने अहिलेका ब्यस्त निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन ।
गितमा सरिष्मा रामजाली र दिप सागरको जिवन्त अभिनय रहेको छ । गित साई भिजनको पोष्ट प्रोडक्सनमा बाहिरिएको हो ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=XMplU18WFDc]