यस्तो पनि गर्दा रैछन हेर्नूहोस् (भिडियो)

यस्तो पनि गर्दा रैछन हेर्नूहोस् (भिडियो)
मनोरन्जन

पछिल्लो समयमा गीत संगीतले बजार एकदम तातेको छ । चाहे लोक दोहोरी होस् या आधुनिक होस् । बाग्लुङ जिल्ला दमेक नेपानेमा जन्मनु भएको दुर्गा बिरही यति बेला गीत भिडियोमा चर्चा परिचर्चा रहेको पाइन्छ ।

यो ज्यान फिरि हो भन्ने गीत बाट संगीत यात्रा सुरुवात गर्नु हुने सर्जक गायक मोडल निर्देशक दुर्गा बिरही ले छोटो समयमा नै धेरै चर्चा कमाउन सफल छन । बिरही लाई बहु प्रतिभाको धनी पनि भन्ने गरिन्छ । बिरही ले धेरै गीत लेख्नु भएको छ।गाउनु भएको छ । अभिनय गर्नु भएको छ । पछिल्लो समयमा धेरै जसो निर्देशन गर्दै आउनु भएको छ।

यसै क्रममा आत्म बिस्वास फिल्मस् प्रा.लि. ले नया लोक दोहोरी यति बेला बजारमा लिएर आएको छ । भगवान् ले आयु दियो यो म्युजिक भिडियोमा स्वर रमेश सेशी बिष्णु परियार ले दिनु भएको छ भने शब्द दुर्गा बिरही ले लेख्नु भएको छ। लय रमेश सेशी बनाउनु भएको छ। रेकर्डिङ अलङ्गकार डिजिटल रेकर्डिङ स्टुडियो बाट गरिएको थियो भने प्रमुख अभिनय दुर्गा बिरही/अनुषा बस्नेत ले गर्नु भएको छ। सहायकमामा चन्द्र राना/दीपक छेत्री/अजय सुनार/मनोज श्रेष्ठ रहेको छ । यो भिडियोको
छायांकन बाशु बराल ले गर्नु भएको थियो सम्पादन : प्रदिप दाहाल ले भने निर्देशन दुर्गा बिरही आफैले गर्नु भएको थियो ।

यो भिडियो उत्पादक बितरक आत्म बिस्वास फिल्मस् प्रा.लि. ले गरेको हो । यो भिडियो नेपालको धेरै रमाइलो ठाँउहरु मा पुगेर छायाँकन गरिएको छ ।

Post Comment