महेश नेपाल, काठ्माण्डौ । एक फरक कोशेली सांगितिक बजारमा आएको छ । त्यो हो लोकदोहोरी ‘सिन्धुपाल्चोक घर हो भन्दा सारै गर्व लाग्छ’ । शितल राज गिरिको पहिलो प्रस्तुतीमा बजारमा आएको यस गितमा शितल राज, नवीन भण्डारी र सावित्री केसीको आवाज रहेको छ ।
निकै राम्रो चर्चामा रहेका गायक तथा शब्द सर्जक प्रकाश पुरिको मीठो शब्दमा लय दिएका छन युवा लेखक/पत्रकार तथा गायक महेश नेपालले । प्राकृतिक रुपले निकै सुन्दर जिल्ला सिन्धुपाल्चोक, यस जिल्लाले देश बिकाशमा गरेको योगदान लगायतका बिषयमा केन्द्रीत रहेर सिन्धुपाल्चोके हुनुको गर्व वर्णन गरिएको छ । निकै मेहनत गरेर बनाईएको यस गितको भिडियोमा कार्की सरको निर्देशन रहेको छ भने अहिलेका उदयमान मोडेल प्रदिप रोक्का, रितु तामाङ्ग श्रीशक्ती र मन्जिलाको जिवन्त अभिनय देख्न सकिन्छ ।
भिडियो डम्बर राईले खिचेका हुन भने भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन । गितको बजारिकरण छहारी म्युजिक प्रालीले गरेको हो ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=Ww6dGh6-sJI]