अभिनेत्री केकी अधिकारीले नेपालगञ्ज स्थित बागेश्वरी मन्दिरमा आफ्नो लगानीमा निर्माण गर्न लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को आइतबार एक कार्यक्रमको आयोजना गर्दै शुभ मुर्हत गरिछायांकन सुरु गरेकी छिन ।
केही साता अगाडी राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि ‘कोहलपुर एक्सप्रेस’ को निर्माण घोषणा गरेकी निर्मात्री तथा आफ्नै मुख्य अभिनय रहेको जानकारी गराएकी थिईन ।
शुभ मुहुर्त कार्यक्रमका दौरान क्यामेरामा पुजा आजा गर्दै नरिवल फोड्दै छायांकन सुरुवात गरेकी छिन । करिब दुई साता जति ‘कोहलपुर एक्सप्रेस’ को छायांकन बाके, कोहलपुर र नेपालगञ्जको बागेश्वरी मन्दिर र त्यहीका केही ठाउँ वरिपरि हुने निर्मात्री तथा अभिनेत्री केकीले बताएकी छिन् ।
फिल्म ‘कोहलपुर एक्सप्रेस’ लाई म्युजिक भिडियोका ब्यस्त निर्देशक विशाल भण्डारीले पहिलो पल्ट निर्देशन थालनी गर्नेछन् ।
‘कोहलपुर एक्सप्रेस’ मा केकी अधिकारी संगै अहिलेकी ब्यस्त नायिका प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ ९हैट०, रविन्द्र झा, सुजन कार्की र कुसाग्र भट्टराई लगायत नयाँ पुराना चर्चित कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
फिल्मलाई शान बस्न्यातले लेखेका हुन भने चर्चित संगीतकार राजनराज शिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको संगीत रहने छ भने गम्भीर बिष्टको कोरियोग्राफी र अर्जुन तिवारीले फिल्मलाई छायांकन गर्ने छन।
फिल्ममा केकीका साथै भद्रबहादुर शाही, देवी लाल न्यौपाने र शिव प्रसाद चौलागाईले लगानी रहेको छ । फिल्म मार्फत नायिका केकी अधिकारीलाई निर्माताका रूपमा चिनिने भएकी छिन ।