सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभलमा ‘पञ्चायत’ उत्कृष्ट

सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभलमा ‘पञ्चायत’ उत्कृष्ट
मनोरन्जन

अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा चलचित्र ‘पञ्चायत’ उत्कृष्ट घोषित भएको छ । चलचित्रकी  अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । फेस्टिभलमा विश्वका २ सय १६ चलचित्रहरु सहभागी थिए ।

फागुन १७ गते रिलिज टार्गेट गरेको ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले संयुक्त रुपमा निर्माण गरेका हुन् । शिवम अधिकारीको निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ । रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ ।

कार्यकारी निर्माता रवि अधिकारी हुन् ।

Post Comment