गायक रामकृष्ण आफ्नो सांगीतिक प्रस्तुति लिएर अहिले अमेरिका यात्रामा छन् ।
अमेरिकाको विभिन्न राज्यमा सांगीतिक प्रस्तुति गरिसकेका ढकाल गत आइतबार (अक्टोबर २९मा) आइवा राज्यको डिमोइन शहरमा प्रस्तुत भए ।
‘भुट्निज कम्युनिटी इन आइवा’ले आयोजना गरेको सांगीतिक कार्यक्रममा गायक ढकालले दर्जन भन्दा बढी गित प्रस्तुत गरे ।
बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस…भन्ने चर्तित राष्ट्रिय गित बाट प्रस्तुति सुरु गरेका ढकालले स्वरसम्राट नारायण गोपालका गित पनि प्रस्तुत गर्दै उपस्थित दर्शक, श्रोतालाई मन्त्रमुग्ध पारे ।
कार्यकममा मिनिसोटा ब्याण्डले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।