नेपाली नेताहरुलाई फेसन शो हेर्न दुतावासमा निम्तो

नेपाली नेताहरुलाई फेसन शो हेर्न दुतावासमा निम्तो
मनोरन्जन

देशमा चुनावी चहल पहल बढी रहेकै बेला भारतीय दूतावासले नेपाली नेताहरुलाई फेसन शो देखाउने भएको छ ।

आज साँझ भारतीय दूतावासभित्र हुन गइरहेको फेशन शो कार्यक्रम हेर्नका लागि डिनरसहित राजनीतिक दलका नेता, उद्योगी, कुटनीतिक, पत्रकार, बुद्धिजिवीहरुलाई आमन्त्रण गरिएको भारतीय दूतावासले जनाएको छ ।
साउन इण्डिया फाउण्डेशन आयोजना तथा दूतावासको सहयोगमा कात्तिक २१ गते विभिन्न कार्यक्रमहरु भइरहेको छ ।

सोही कार्यक्रम अन्तर्गत आज फेशन शो हुन लागेको हो । भोली भृकुटीमण्डपमा सम्पन्न हुने बताइएको छ ।

Post Comment