महेश नेपाल, काठ्माण्डौ । प्युठान जिल्ला झिमरुक गाउँपालिका – ५ मा २०४९ सालमा बाबू ईमानसिङ थापा र अामा मैना थापाकाे माईले छाेराको रुपमा जन्मिएका हुन बिष्णु थापा कृष्ण । सानैमा बुबा बित्नु भएकाे र घरकाे आर्थिक अबस्था राम्रो नभएकाले उनको पढाइ लेखाइ त्यति राम्रो हुन सकेन । उनी १० बर्षको भएपछि एकजना प्युठानमा काम गर्न गएका सरले काठमाडौ संगै लिएर आए र यतै उनको पढाई हुन थाल्यो ।
उनले जिन्दगिको दौरानमा हाेटलमा काम पनि गरे र पछी अाफै हाेटल पनि खाेले । हाेटलमा त्यति राम्रो नभएपछि उनी मलेसिया पुगे । बिद्यालयमा हुने शुक्रबारे क्रायक्रममा गित गाउँदा सबैले राम्रो भन्थे । उनी धेरै कार्यक्रममा प्रथम पनि भए । सानै देखिकाे गित गाउने चाहाना पूरा गर्नकाे लागि बिगत केही समय अगाडि देखि बिदेशबाटै उनी निरन्तर लागिरहेका छन । उनले छोटो समयमा १० अाेटा गित बजारमा पठाउन सफल भईसकेका छन भने अरु ४/५ अाेटा गित अाउने तरखरमा छन । उनको पहिले गित ‘छाेडि गएसी’ हाे ।
पछिल्लो समय ‘काठमाण्डौमा डेरा’ बोल्को गित साँगितिक बजारमा पस्किएका उनी अब नेपाल फर्कने सोचमा छन र नेपालमा केही सानाे तिनो काम गर्दै लोक साँगितिक यात्रालाई निरन्तरता दिने मोडमा छन ।