[youtube https://www.youtube.com/watch?v=TnDNjYpdDFs]
महेश नेपाल, काठ्माण्डौ । लोक सांगितिक क्षेत्रमा भुमिका शाह नौलो नाम हैन । पाँच दर्जन भन्दा बढी गीत गाईसकेकी उनले आफ्नो एल्बम मात्रै ९ वटा निकाली सकेकी छिन, लोक दोहोरी देखि, आधुनिक, पप लगायत हरेक किसिमका गीत गाउन सक्ने खुबी भएकी उनी अचेल समाज सेवामा समेत तल्लिन छिन । यसको अलावा उनी मीठो शब्द लेख्न, भाका बनाउन, अभिनय गर्न र निर्देशन गर्न समेत पोख्त छिन ।
पछिल्लो समय बजारमा आएर निकै चर्चा पाएको उनको गित हो ‘साउने झरी’ । उनै गायिका शाहको पछिल्लो गित ‘जवानिको जोश’ भर्खरै बजारमा आएको छ । यो प्रकाश बुशालको पहिलो प्रस्तुति हो । जसमा लय/शब्द भुमिका शाहको रहेको छ भने स्वर उनै भुमिका शाह र प्रकाश बुसालको रहेको छ । गायिका शाहको नया गित ‘भाईबर ईमो ह्वाट्सएप’ र ‘हितको मायाँ गयौ छोडेर’ तत्कालै बजारमा आउने तयारीमा रहेको उनले बताएकी छिन ।
लामो समयको अमेरिका बसाई पछाडी नेपाल फर्किएर पहिलो पटक शंकर बि.सि.ले अभिनय र निर्देशन गरेको यस गितको म्युजिक भिडियोमा काजोलले शंकरलाई साथ दिएकी छिन । भिडियो राजेश घिमिरेले खिचेका हुन भने नवीन घर्तीले सम्पादन गरेका हुन ।