मोडलिङमा ब्यस्थ एउटा ठिटो: काभ्रे कोशिपारीका राज तामाङ (प्रकाश)

मोडलिङमा ब्यस्थ एउटा ठिटो: काभ्रे कोशिपारीका राज तामाङ (प्रकाश)
मनोरन्जन

महेश नेपाल, काठमाण्डौ । काभ्रेको सुन्दर बस्ती कोशिपारीमा जन्मिएको एउटा गाउँले ठिटो यतिबेला मोडलिङमा जमिरहेको छ, नाम हो राज तामाङ्ग (प्रकाश) । तिन दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडेलिङ गरिसकेका उनीमा राम्रो क्षमता भएको कुरा उनका दर्शकहरु बताउछन । गित अनुसारको जिवन्त अभिनय गर्न सक्ने भएकाले नै उनी हरेकको रोजाईमा पर्न थालेका छन ।

राम्रो अभिनय गरेर आफ्नो करियर बनाउदै गरेका उनले छिट्टै निर्देशनमा समेत हात हाल्न लागेको हामिलाई बताए । मोडलिङको अलावा उनी आफ्नै कल्चर चलाउछन, हाल उनले आफ्ना विद्यार्थीहरुलाई डान्स सिकाईरहेका छन । ‘फुल्छ फुल’ बोलको गितबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले तिमी जस्तो पापिनी, आउन नजिक मायाँ, शिरमा सिन्दुर लगायत धेरै गितहरुमा आफ्नो कुशल अभिनय गरिसकेका छन ।

Post Comment