चित्रकार सुबोध घिमिरेले अमेरिकाको डिसी महानगरमा एकल चित्रकला प्रदर्शनी सुरु गरेका छन् ।
गत जनवरी ५बाट सुरु भएको उनको एकल चित्रकला प्रदर्शन जनवरी २६ तारिख सम्म चल्ने छ । कलाकार घिमिरेले ‘पिस इन एब्सट्राकसन्’अर्थात्‘कल्पनामा शान्ति’ नामक मूल बिषयमा राखिएको उक्त एकल प्रदर्शन डिसी नजदिक आर्लिंगटन को फोकस ग्यालरीमा राखिएको छ ।
उनि लगायत अन्य बिदेशी कलाकारहरुको पनि उक्त चित्रकला कक्षमा प्रदर्शन गरिएको छ ।
उनले प्रदर्शनमा राखिएका सवै चित्रहरु अमेरिकामा बनाएको र यसलाई निरन्तरता दिने बताएका छन् । उनका प्रदर्शनमा राखिएका चित्रकलाहरु ४ सय डलर देखि २७ सय डलर सम्म मूल्यका रहेका छन् ।