महेश नेपाल, काठ्माण्डौ । नुवाकोटको कबिलासमा जन्मिएका लोक गायक दिनेश श्रेष्ठ बिगत एक बर्ष अगाडीदेखी निरन्तर गित संगितमा छन । नमस्ते नुवाकोट बोलको गितबाट साँगितिक क्षेत्रमा पाईला टेकेका उनको हालसम्म ६ वटा श्रीजना बजारमा छन ।
बियोगान्त गित गाउन रुचाउने उनले २ वटा म्युजिक भिडियोमा कुशल अभिनय समेत गरेका छन । उनी छिटै रोमान्टिक गित खल्लीबल्ली नक्कली बालै फरर लिएर आउदैछन । जसमा ईन्दिरा गिरिको लय र उनको आफ्नै शब्द रहेको छ । उनी पछिल्लो समय टेलिसिरियल चुरीफुरीमा पनि अभिनय गरीरहेका छन । जुन छिटै प्रशारणमा आउने तयारीमा छ।
उनी भन्छन- ”अग्रज कलाकारहरुलाई भगवान र गुरु सम्झेर उहाहरुको सिको गर्दै अगाडि बढीरहेको र आफु भन्दा नयाँलाई पनी निस्वार्थ भावनाले अघि बढाइ रहेको छु ।” अरुले खुट्टा तान्दैमा आफू न आत्तिने र खुट्टा तान्नेहरुलाई नराम्रो सोच्दिन भन्छन । उनी प्रष्ट पार्छन मान्छेले आफ्नो क्षमता अनुसार, संस्कार अनुसार व्यवहार गर्ने हो ।